Monday, June 30, 2008

संसद् अवरुद्ध गर्नु जनादेशविपरीत

संसद् अवरुद्ध गर्नु जनादेशविपरीत
काठमाण्डौ, असार १६ गते । मधेसवादी दलहरूले विगतमा सरकारसित भएको सहमतिको भावनाविपरीत संविधानसभा व्यवस्थापिकाको बैठक अवरुद्ध गरिरहेको आरोप नेकपा (एमाले) ले लगाएको छ । पार्टी केन्द्रीय कमिटीले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका महासचिव झलनाथ खनालले भन्नुभयो, "राज्यको पुनःसंरचनाको क्रममा सम्बोधन गर्न सकिने विषयवस्तुलाई अन्तरिम संविधानको संशोधनमै समेट्न बलजˆती गर्नु अत्यन्तै अनुचित र जनादेशविपरीतको कदम हो ।" उहाँले अगाडि थप्नुभयो, "वास्तवमा यो स्वयं १६ फागुनको सहमतिको भावनाविपरीत समेत हो ।"